Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

बागलुङ, पर्वत र म्याग्दीका सहकारीकर्मीहरुको गुनासो :

ललितपुर, १२ बैशाख । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको महत्वपूर्ण उपायका रुपमा रहेको ऋण असुली प्रक्रियालाई राज्यले सहयोग नगरेको गुनासो बागलुङ, पर्वत र म्याग्दीका सहकारीकर्मीहरुले गरेका छन् । वित्तीय क्षेत्रको संकटसंग सहकारी क्षेत्रमा तरतला व्यवस्थापनको चुनौती थपिएको करिव २ वर्ष भइसक्दा पनि कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण गठन नहुदा सहकारीका ऋणीहरुले ऋण तिर्न आनाकानी गरेको सहकारीकर्मीहरुको भनाइ छ । 

 राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत पर्वतको मल्लाज र बागलुङ बजारमा आयोजित केयर समिक्षा कार्यक्रमका सहभागीहरुले सहकारीको समस्या समाधानका लागि तत्काल कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण गठन गर्नु पर्ने माग गरेका हुन् ।

 

 सञ्चालकहरुको गलत कामका कारण समस्यामा पर्ने सहकारीहरु परिसके, अब समस्यामा पर्ने भनेको ऋण नउठेका कारण हो, त्यसैले समयमै ऋण असुलीका लागि कानुनी प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा सहभागीहरुको जोड छ । 

  ऋण तिर्नु पर्दैन, मिनाहा हुन्छ भन्ने खालका प्रचारहरुका कारण विगतमा राम्रैसंग ऋण तिरेका सदस्यहरु पनि यतिबेला ऋण तिर्न आनाकानी गरेका छन्, उनीहरुलाई ऋण तिर्न पर्छ, सदस्यहरुको वचत रकमबाट गरिएको लगानीको रकम मिनाहा हुदैन सन्देश प्रवाहका लागि सरकारले ठोस कदम चाल्नु पर्ने उनीहरुको भनाइ छ । सहकारीमा बचत गरेका सदस्यहरुको वचत फिर्ता गर्न तथा सहकारीबाट ऋण लगेर नतिर्नेहरुलाई ऋण तिर्ने वातावरण बनाउनका लागि राज्यको भूमिका बढाउन पर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

  पर्वतको मल्लाजमा मंगलवार आयोजित कार्यक्रममा मल्लाज बहुउश्यीय सहकारी संस्था लिमिटेड जलजला पर्वत, कृष्ण गंगा बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वत, बेनी वचत तथा ऋण सहकारी संस्था म्याग्दी, मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था बेनी म्याग्दी, विश्वामित्र वचत तथा ऋण सहकारी संस्था बेनी म्याग्दी र लोकदिप वचत तथा ऋण सहकारी संस्था बेनी म्याग्दीका अध्यक्ष, सञ्चालक तथा प्रवन्धक सहितको सहभागितामा समिक्षा गरिएको थियो । 

संस्थाहरुले सञ्चालन गरेका व्यवसायहरुलाई सदस्य केन्द्रीत बनाउन, नीतिसम्मत रुपमा सञ्चालन गर्न तथा जोखिमको पहिचान गरी गतिविधि सञ्चालन गर्नका लागि केयर कार्यक्रमले सहयोग गरेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा बैंकका अधिकृत नव कुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो । 

 मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा बैंकको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, राष्ट्रिय सहकारी महासंघका लेखा सुपुरीवेक्षण समितिका सदस्य हेम कुमारी अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबैले आफ्ना सदस्यहरुबीच सम्वाद, अन्तरक्रिया र समन्वय गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिरा बहादुर जिसीको स्वागत र लेखा सुपरीवेक्षण समितिका संयोजक धनपती पाध्याको सञ्चालनमा सम्पन्न भएको थियो । 

 यस्तै बुधवार बागलुङमा आयोजित कार्यक्रममा बागलुङ बहुउद्देश्यीय सहकारी संस्था, एकता सहकारी संस्था, आदर्श सञ्चार सहकारी संस्था, प्रगति बहुउद्देश्यीय सहकारी संस्था, अभियान बहुउद्देश्यीय सहकारी संस्था बागलुङ, सयपत्री बहुउद्देश्यीय सहकारी संस्था गलकोट बागलुङ र नाग्लीबाङ बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वतका अध्यक्ष, सञ्चालक र प्रवन्धकहरुको सहभागिता रहेको थियो । 

  समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीका नकरात्मक सन्देशहरुलाई चिर्नका लागि सहकारीमार्फत भएका सकरात्मक विषयहरु सदस्यहरुका बीचमा लैजानु पर्नेमा जोड दिनु भएको थियो । 

  बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा बैंकको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अशोक गोविन्द राज भण्डारी, स्वागत लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझी र सञ्चालन सहसचिव उषा पौडेलले गर्नु भएको थियो । कार्यक्रममा बैंकका अधिकृत नव कुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो ।