Notice
Officers
  • chairman
  • Grievance handling officer
  • Bharat Kumar Chimariya
  • Grievance Handling Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182
  • Compliance Officer
  • Pramod Kumar Ghimire
  • Compliance Officer
  • Email:
    Click to reveal 👁
  • Phone No: 01-5180182

दैलेखमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन

Image is of दैलेखमा सहकारी संस्थाका अध्यक्षहरूलाई क्षमता विकास तालिम सञ्चालन
Apr 25, 2024

ललितपुर, १३ वैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड दैलेख शाखाले वैशाख ११ र १२ गते सञ्चालन गरेको दुई दिवसीय सहकारी संस्थाका अध्यक्षहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ ।

एन.सि.बि.एल सदस्य शिक्षा कार्यक्रम २०८०/०८१ अन्तर्गत निःशुल्क रूपमा सञ्चालन गरिएको तालिममा त्यस क्षेत्रका ४० वटा सहकारी संस्थाहरूका अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका अध्यक्षहरूको क्षमता अभिवृद्धि गरी सहकारी संघ संस्थालाई कुशलतापूर्वक सञ्चालन, व्यवस्थापन र नेतृत्व गर्न सक्षम बनाई संस्थालाई सुशासन र पारदर्शी तवरबाट संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिमको समापन सत्रमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एवम् बैंकका सञ्चालक काली बहादुर महतराले सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अध्यक्षको भूमिका नेतृत्वदायी तथा संयोजनकारी र नियन्त्रणकारी हुनु पर्ने बताउनु भयो ।

दुई दिन सम्म सञ्चालन भएको तालिमलाई बैंकको कर्णाली प्रदेशका प्रमुख हिरालाल सुनार र प्रशिक्षक झलेन्द्र दाहालले विभिन्न ८ वटा विषयमा सहजिकरण गर्नु भएको थियो ।

बैंकको दैलेख शाखाका शाखा प्रमुख प्रकाश सिंह कार्कीको सञ्चालन तथा जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भूपेन्द्र कुमार खड्काको आतिथ्यतामा सम्पन्न भएको थियो । 

यस अघि वैशाख ९ र १० गते बैंक्को दैलेख शाखाको आयोजनामा दुई दिवसीय सहकारीका व्यवस्थापकको क्षमता विकास तालिम सञ्चालन गरेको थियो ।